
काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समूहमा पदाधिकारीका उम्मेदवारी छान्न आन्तरिक छलफल भइरहेको छ ।
शनिबार बिहानैदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा पक्षीय नेताहरु छलफलमा छन् । बालुवाटारमा पदाधिकारीका दाबेदार नेताहरुसँग सभापति देउवाले छलफल गरिरहेको बुझिएको छ ।
देउवा आफै सभापतिमा उम्मेदवारी दर्ता गर्दै छन् भने बाँकी पदाधिकारीका उम्मेदवार छनोटमा छलफल केन्द्रित छ ।















प्रतिक्रिया