
काठमाडौं, २५ मंसिर । उम्मेदवारको टुंगो लगाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूको बैठक बस्दै छ ।
आज शनिबार बिहान बोहराटारस्थित पौडेलनिवासमा बस्ने भने पनि बैठकको समय भने तोकिएको छैन ।
१४औं महाधिवेशनअन्तर्गत निर्वाचन सिमितिले निर्वाचन कार्यक्रम शुरू गरिसकेको भए पनि पौडेल समूहले अझै सभापतिकको उम्मेदवारसमेत टुङ्गो लगाएको छैन भने संस्थापनपक्ष देउवा समूहले पूर्ण समूह निर्माण गर्न सकिरहेको छैन ।
पौडेल समूहमा प्रकाशमान सिंह र शेखर कोइरालाले सभापति नछाड्ने अडान लिएपछि उम्मेदवारको टुंगो लाग्न सकेको छैन ।















प्रतिक्रिया