१ कार्तिक २०८३, आइतबार

साफ महिला फूटबल च्याम्पियनशीप आजदेखि शुरु हुँदै, कहिले खेल्छ नेपालले ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । १९ वर्षमुनीको साफ महिला फूटबल च्याम्पियनशीप आजदेखि बंगलादेशमा शुरू हुँदैछ ।

प्रतियोगिताको दोस्रो खेलमा नेपालले घरेलु टोली बंगलादेशविरुद्ध खेल्दैछ । ढाकास्थित विरश्रेष्ठ शाहिद सिफाली मुस्तफा कमल रंगशालामा नेपालको खेल साँझ ७ बजे शुरू हुने छ ।

त्यसअघि आजै हुने पहिलो खेलमा भुटान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । सोही मैदानमा खेल दिउँसो ३ बजे शुरू हुनेछ ।

यस्तै नेपालले दोस्रो खेलमा श्रीलंकासँग २९ गते र तेस्रो खेलमा भुटानविरुद्ध पुष २ गते खेल्नेछ । यस्तै चौथो खेलमा भारतसँग पुष ४ गते खेल्ने तालिका छ ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगितामा आयोजक बंगलादेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल पुस ७ गते हुनेछ ।