आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

‘ए’ डिभिजन लीग फूटबलमा आज दुई खेल हुँदै

दैनिक नेपाल २०७८ मंसिर २५ गते ८:५५

काठमाडौं, २५ मंसिर ।  फूटबलमा आज दुई वटा खेल हुँदैछन् ।

लीग अन्तर्गत आजको पहिलो खेलमा सातदोबाटो युथ क्लब र न्यूरोड टीम एनआरटीबीच प्रतिस्पर्धा हुने छ । लीगमा तीन खेल खेल्दै अपराजित रहेको सातदोबाटोको लक्ष्य आज शीर्ष स्थान कब्जा गर्ने हुनेछ ।

दुई खेलमा जित निकाल्दा एक खेल बराबरीसहित तेस्रो स्थानमा रहेको सातदोबाटोको ७ अंक छ । उता एनआरटी ११औं स्थानमा रहेको टोली हो । एनआरटी आज पहिलो जितको खोजीमा रहनेछ ।

एनआरटीले दुई खेल बराबरी खेल्दा एकमा हार व्यहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल दिउँसो १ बजे शुरू हुने छ ।

यस्तै अर्को खेलमा हिमालयन शेर्पा क्लब र साविक विजेता मछिन्द्र क्लबबीच भिडन्त हुने छ । तीन खेलबाट ७ अंकसहित मछिन्द्र चौथो स्थानमा छ । मछिन्द्रले २ खेलमा जित र एकमा हारको नतिजा निकालेको छ ।

उता तीन खेलमा दुई खेल बराबरी र एकमा हारसहित मात्र २ अंक जोड्दै हिमालयन १०औं स्थानमा छ । सोही मैदानमा खेल दिउँसो पौने पाँच बजे शुरू हुने छ ।

प्रतिक्रिया
सम्बन्धित