
काठमाडौं, २४ मंसिर । कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षबीच समीकरण बनाउने सहमति भएको छ ।
शुक्रबार महाधिवेशनको उदेघाटन अघि नै देउवा–सिटौलाबीच सहमति जुटेकाे बताइएको छ ।
भृकुटीमण्डपमा उद्घाटन सत्र सकिएपछि सिटौलाले आफूनिकट नेताहरूलाई सहमतिबारे जानकारी गराएको बताइएको छ ।
सहमतिसँगै देउवाको टिमबाट सिटौलानिकट प्रदीप पौडेल महामन्त्रीको उम्मेदवार बन्ने पक्का भएको छ ।
त्यस्तै सिटौला भने कुनै पनि पदमा उम्मेदवार नबन्ने स्रोतको भनाइ छ । त्यस्तै, देउवाकै टिमबाट सिटौला पक्षका अर्का नेता उमाकान्त चौधरी पनि सहमहामन्त्रीको उम्मेदवार बन्ने भएका छन् ।















प्रतिक्रिया