
काठमाडौँ, २४ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न कठिन रहेको बताएका छन् ।
शुक्रबार पार्टीको १४ औँ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।
उनले एमाले अहिले झन् बलियो बनेको आशय व्यक्त गर्दै काँग्रेसले त्यसबाट सिक्नुपर्ने बताए ।
उनले आत्म मूल्याङ्कन गर्नुपर्ने बेला आएको भन्दै कम्युनिष्ट भन्दा काँग्रेस के कुराले पछि पर्यो भन्ने कुराको आत्मसमीक्षा गर्नुपर्ने बताए ।
‘अहिले भर्खर चितवनमा अधिवेशन सम्पन्न गरेको, प्रतिपक्ष दलको अवस्था अहिले पनि गाउँमा जे देखिरहेका छौ जुन किसिमले विरोधीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । हामीलाई त्यो स्तरको, पार्टी काँग्रेसलाई सक्षम बनाउन जरुरी छ’, पौडेलको भनाइ छ ।















प्रतिक्रिया