१९ कार्तिक २०८३, बिहिबार

काँग्रेस आफ्नो नीतिमा हिँडोस्ः केपी ओली

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसलाई आफ्नै नीतिमा हिँड्न सुझाव दिएका छन् ।

शुक्रबार भृकुटीमण्डपमा भएको काँग्रेसको १४ औँ महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले काँग्रेसलाई अरुकाे नीतिमा कुद्ने नभएर आफ्नै नीतिमा हिँड्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री देउवालाई भने, ‘तर, अरुका नीतिको पछाडि होइन, आफ्नो नीतिमा हिँडोस् । शेरबहादुर देउवाजी प्रधानमन्त्रीमात्र होइन, सरकारको नेता हुनुहोस् ।’

ओलीले राष्ट्रियता, देशको विकास, जनताका हितका पक्षमा नेपाली काँग्रेसलाई एमालेले पनि साथ दिने प्रष्ट पारे । केही साना दललाई भने काँग्रेसले औँला छोड्ला कि भन्ने चिन्ता लागेर ‘सँगै जानुपर्छ’ भनिरहेको उनको भनाइ थियो ।

ओलीले आफूलाई मञ्चको कुनै कमी नहुने भन्दै आफू काँग्रेसको महाधिवेशनलाई शुभकामना दिन मात्रै उपस्थिति भएको बताउँदै वादविवाद नगर्ने बताए ।

‘कसैको कुरामा वादप्रतिवाद केही गरिरहन चाहन्न । म मेरो राजनीति आफ्नै मञ्चहरूमा गर्न पाउँछु । मलाई मञ्चहरूको कमी छैन’, काँग्रेसको १४ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने ।