
काठमाडौं, २४ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर ६ हजार ४७२ जनाको आरटी–पीसीआर गर्दा २३२ जना र ४ हजार १५ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी आज २५९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख २३ हजार ७८६ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५५२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३७ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ८ लाख ६ हजार २३७ जना पुगेको छ । यो कुल संक्रमितको ९७ दशमल ९ प्रतिशत हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९९७ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ४७ लाख २ हजार ८३८ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ५ हजार ९९७ जना आइसोलेसन र ९६ जना क्वारेन्टिनमा छन् ।















प्रतिक्रिया