
काठमाडौँ, २४ मंसिर । भारतीय जनता पार्टीका नेता एवं पूर्व मन्त्री डा. हर्षवर्धनले यतिका धेरै पूर्वप्रधानमन्त्रीहरु नेपालमा पहिलो पटक एकै साथ एउटै मञ्चमा देख्न पाएको बताए ।
शुक्रबार काँग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।
उनले नेपालमा राजनीतिक दलहरुको महाधिवेशनमा अर्का पार्टीका नेताहरुको उपस्थिति हुनु राम्रो भएको बताएका छन् ।
उनले भारत र नेपालको सम्बन्धकै कारणले भूकम्पका बेला सहयोग गरेको बताउँदै कोरोना महामारीमा सहयोग गरेको बताएका छन् ।












प्रतिक्रिया