९ कार्तिक २०८३, सोमबार

काँग्रेसको मञ्चमा एकसाथ देखिए ओली, प्रचण्ड र माधव नेपाल

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । सत्ताधारी दल नेपाली काँग्रेसको १४औँ महाधिवेशनको उद्घाटनसत्र समारोहमा तत्कालीन नेकपाका नेताहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल एउटै मञ्चमा देखिएका छन् ।

तत्कालीन नेकपाको फुटपछि तीनतिर उभिएर आपसी अस्तित्व स्वीकार नगर्ने तहमा पुगेका तीन ठूला कम्युनिस्ट पार्टीका प्रमुख नेतालाई कांग्रेसको महाधिवेशनले आमुन्ने–सामुन्ने बसाउने संयोग जुराएको हो ।

नेकपापछि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसहित तीन समूहमा विभक्त कम्युनिस्ट पार्टीका प्रमुख नेता कांग्रेस महाधिवेशनमा शुभकामना दिन पहिलोपटक एउटै मञ्चमा भेला भएका हुन् ।

विभाजनपछि माओवादी र एकीकृत समाजवादी करिब पाँच महिनादेखि कांग्रेससँग सत्ता सहकार्यमा छन् भने एमाले प्रमुख प्रतिपक्षी भूमिकामा छ ।

ओली–प्रचण्डबीच भेट नभएको एक वर्ष भयो भने पाँच महिनायता ओली–नेपाल पनि भेट छैन ।