९ कार्तिक २०८३, सोमबार

नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेस सोलुखुम्बुका नेता एवम् कांग्रेसको उद्योग–व्यापार विभागका केन्द्रीय सदस्य प्रकाशसिंह कार्कीले कांग्रेसको १४औँ महाधिवेशमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन ।

कार्कीले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेका हुन । केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै कार्किले संगठित, समावेशी र गतिशील नेपाली कांग्रेस निर्माणका लागि आफूलाई मतदान गर्न आग्रह गरेका छन् ।

पार्टीका शीर्ष नेताहरुसँगको परामर्सपछि उम्मेदवारी घोषणा गरेको उनले जानकारी दिएका छन् ।

कार्की यसपटकको सोलुखुम्बु जिल्ला अधिवेशनबाट सबै भन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए । गत निर्वाचनमा सोलुखुम्बु प्रदेशसभा (क) बाट उम्मेदवार रहेका काकीले पार्टीलाई संस्थागत र एक बनाउन जिल्लामा महत्वपूर्ण भूमिका निभाएका थिए ।

जिल्ला पार्टीलाई एकजुट बनाउन उनले खेलेको भूमिका र समाजसेवाको मूल्याङ्कन गर्दै सोलुखुम्बु जिल्ला अधिवेशनका मतदाताले काकीलाई लोकप्रिय मत दिएका थिए ।