९ कार्तिक २०८३, सोमबार

मानव बेचविखनमा परेका ४ जना महिला तथा बालबालिकाको उद्दार

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, २४ मंसिर । मानव वेचविखनमा परेका २ जना महिला तथा २ जना बालबालिकाको भारतको विहार राज्यस्थित छौँडादानोबाट प्रहरीले बिहीबार उद्दार गरेको छ ।

झापा जिल्लाबाट २ वर्षअगाडि आ–आफ्नो एक–एक जना नाबालक छोराछोरीसहित हराएका १८ वर्षीया र १९ वर्षीया २ जना युवतीको खोजतलासका क्रममा छौँडादानोमा फेला पारिएको हो ।

आकर्षक काममा लगाइदिने भनी झुक्याई प्रलोभनमा पारी वेचविखनमा परेको भन्ने खुल्न आएबमोजिम जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले माईती नेपाल पर्सा तथा भारतीय काउन्टरपार्ट्ससँग समन्वय गरी उनीहरुलाई उद्दार गरेको बताइएको छ ।

मानव वेचविखन कसूरमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।