
काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसकी नेतृ गंगा लक्ष्मी अवालले कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदको लागि उम्मेदवारी घोषणा गरेकी छिन् ।
आज शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेतृ अवालले आदिवासी÷जनजाति महिलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी हुन् ।
अवालले महिला संघको सदस्य, नेपाली कांग्रेसको केन्द्रीय संगठन विभाग पदाधिकारीसमेत भई पार्टीमा लामो समयदेखि महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएकोले अब भने १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन चाहेको बताएकी छिन् ।
नेतृ अवालले लोकतन्त्रमा जनजाति महिला तथा सम्पूर्ण महिलाको हकहित सुरक्षित गर्न आफ्नो केन्द्रीय सदस्यमा उम्मेदवारी रहेको बताइन् । जताततै व्यापक असन्तुष्टि, वितृष्णा, निराशा, इर्ष्या व्याप्त रहेको समाजलाई बदल्नुपर्ने उनको धारणा छ ।
महिला संघ भक्तपुरको जिल्ला उपाध्यक्ष भएकी अवालसँग कांग्रेसको १२औं महाधिवेशनमा नगर कोषाध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिसकेको अनुभव छ ।















प्रतिक्रिया