
काठमाडौं, २४ मंसिर । नेकपा एमालेको चुनाव चिह्नबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हृदयेस त्रिपाठीले नयाँ पार्टी खोल्ने उद्घोष गरेका छन् भने पूर्वडीआईजी रमेश खरेलले आजै नयाँ पार्टी घोषणा गर्ने भएका छन् ।
त्रिपाठीले आगामी २८ गते एक कार्यक्रम गरेर नयाँ पार्टी घोषणा गर्ने तयारी गरेका छन् । नयाँ पार्टीको नाम ‘जनता प्रगतिशील पार्टी (जप्रपा)’ हुने उनको भनाइ छ ।
घोषित पार्टीलाई क्षेत्रीय दलका रुपमा सीमित नराखी राष्ट्रिय दल बनाउने उनले बताएका छन् । पार्टी घोषणाको अवसरमा केही मधेसवादी दलका नेताहरु, केही अन्य पार्टीको नेताहरु आफ्नो पार्टीमा आउने उनको दाबी छ ।
यसैबीच नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले आजै ‘नेपाल सुशासन पार्टी’ घोषणा गर्ने भएका छन् । पछिल्लो पटक नेपाल सुशासन अभियानमार्फत भ्रष्टाचार विरोधी अभियानमा सक्रिय खरेलले आज दिउँसो साढे ३ बजे अनामनगरमा एक कार्यक्रम गरी पार्टी घोषणा गर्ने तयारी गरेका छन् ।
राजनीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारले देश विकास हुन नसकेको दाबी गर्दै आएका खरेलले नेपाललाई सफल र शक्तिशाली राष्ट्रका रुपमा विकास गर्न तथा मानवता, विकास र समृद्धिलाई स्थापित गर्ने उद्देश्यसहित नयाँ दल घोषणा गर्न लागेको बताएका हुन् ।















प्रतिक्रिया