९ कार्तिक २०८३, सोमबार

कांग्रेस महाधिवेशन : डा. मिनेन्द्र रिजालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले पार्टीको १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आज शुक्रबार बिहान काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा उनले संस्थापन इतरबाट सभापतिमा साझा उम्मेदवार बनाउने प्रयास भने जारी रहेको बताएका छन् ।

यस्तै, उनले १४औँ महाधिवेशनपछि पार्टी नेतृत्व परिवर्तन हुने दाबी गरेका छन् ।

कांग्रेस महामन्त्रीमा गगन थापा र बालकृष्ण खाणले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । खाणले संस्थापन पक्षबाट उम्मेदवारीको घोषणा गरेका हुन् भने थापाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन आज दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डमा उद्घाटन हुँदैछ भने भोलि शनिबार मनोनयनको कार्यतालिका छ ।