९ कार्तिक २०८३, सोमबार

लमजुङका पूर्वसभापति कोइरालाले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेस लमजुङका पूर्वसभापति कृष्णप्रसाद कोइरालाले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।

नेपाली कांग्रेसको राजनीतिक जीवनमा करिब ४० वर्ष बिताएका कोइरालाले पार्टीको ‘खस आर्य’ कोटामा आफ्नो उम्मेदवारी प्रस्तुत गर्न लागेका हुन् ।

वि.स. २०३९ र ०४२ सालमा नेपाल विद्यार्थी संघको तर्फबाट क्रमशः पाटन संयुक्त क्याम्पस र महेन्द्ररत्न क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) सभापतिको उम्मेदवार बनेका कोइराला त्यसपछि २०४८ सालमा लमजुङ जिल्ला कार्यसमिति सदस्य बनेका थिए ।

विद्यार्थी जीवनबाटै मुलुक परिवर्तनका लागि भएका साना–ठूला सबै आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएका कोइराला त्यसअघि २०५४ सालमा लमजुङ निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय सभापति बनेका थिए । त्यसपछि २०६२, ०६७ र ०७२ मा कांग्रेस महासमिति सदस्य रहँदै आएका उनी २०५७ सालयता निरन्तर रूपमा महाधिवेशन प्रतिनिधि निर्वाचित हुँदै आएका छन् ।

२०६२ र ०६७ मा नेपाली कांग्रेस लमजुङका सभापति बनेका उनी २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा लमजुङ (ख)बाट उम्मेदवार बनेका थिए ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन आज दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डमा उद्घाटन हुँदैछ भने भोलि शनिबार मनोनयनको कार्यतालिका छ ।