
काठामाडौं, २४ मंसिर । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले नेपाली कांग्रेसमा युवा नेता गगन कुमार थापालाई नारा चोरेको आरोप लगाएका छन् ।
हिजो बिहीबार नेपाली कांग्रेसको महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै थापाले सार्वजनिक गरेको ‘पार्टी पुनर्जागरण र रुपान्तरणको प्रस्ताव’मा उल्लेख गरिएको नारा कपिपेष्ट (चोरी) भएको सूर्य थापाको भनाइ छ ।
कांग्रेस नेता थापाले आफ्नो प्रस्तावमा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ नारा उल्लेख गरेका छन् । तर, उक्त नारा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारमा रहँदा अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नक्कल भएको एमाले नेता थापाको भनाइ छ ।
यसरी नारा चोरी गर्नुलाई ‘रित्तो भाँडाको आवाजै ठूलो’को संज्ञा दिँदै आज शुक्रबार बिहान सूर्य थापाले सामाजिक सञ्जालमा लेखेका छन्–
समृद्ध नेपाल,
सुखी नेपाली
कपिपेस्ट
समुन्नत नेपाल,
सम्मानित नेपाली
रित्तो भाँडाको आवाजै ठूलो !
थापाले सार्वजनिक गरेको ६१ पृष्ठ लामो ‘पार्टी पुनर्जागरण र रुपान्तरणको प्रस्ताव’मा ‘हाम्रो ध्येयः समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने नारा उल्लेख गरेका छन् ।
सो प्रस्तावमा नेपाली समुन्नत नेपालको नागरिक भएर सम्मानित जीवन बाँच्ने र विश्वसामु खुसी राष्ट्रको प्रतिष्ठित नागरिक बनाउने सबैको साझा सपना भएको उल्लेख गरिएको छ ।















प्रतिक्रिया