१९ कार्तिक २०८३, बिहिबार

नेकपा (एमाले) तनहुँद्वारा सम्मान कार्यक्रम सम्पन्न

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-वि वि श्रेष्ठ

तनहुँ, २३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी(एमाले) तनहुँले केन्द्रिय कमिटी तथा प्रदेश कमिटीमा निर्वाचित तथा मनोनित हुने सदस्यहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

पार्टी अध्यक्ष केदार सिग्देलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य टुकराज सिग्देल रहेका थिए ।

कार्यक्रममा प्रदेश कमिटीमा मनोनित हुनुभएको रामचन्द्र उपाध्याय, हरि पाण्डे, देवीवहादुर वस्नेत, देवु विष्ट, कृष्णराज ढकाल, श्यामराज महत, सुर्य वहादुर गुरुङ्ग(सुरज) धर्मराज खनाल, विश्ववन्धु भण्डारी, उपेन्द्र देवकोटा, ईन्द्र वहादुर कुवँर, राम वहादुर गुरुङ्ग, हर्क गुरुङ्ग, ममिम मिया, उत्तमप्रकाश पण्डित, सिताराम वजगाई, होम थापा, मोहम्मद सफिक मिया, खिलवहादुर राना, उमाकुमारी हमाल लाई नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीमा मनोनित हुनुभएकोमा वधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

यसैगरि सो कार्यक्रममा नेकपा (एमाले) दशौ राष्ट्रिय महाधिवेशनवाट केन्द्रिय सदस्यमा निर्वाचित भएकोमा किरण गुरुङ्ग, टुकराज सिग्देल, भगवती न्यौपाने, सविता रसाईली लाई समेत सम्मान गरेको छ ।

साथै बैठकले दशौ राष्ट्रिय महाधिवेशनका क्रममा प्रतिनिधी छनौटका लागी गठित शिवदत्त ढकाल संयोजक र त्रिभुवन श्रेष्ठ सचिव सहित ११ जना सदस्यलाई समेत सम्मान गरेको छ ।

बैठकले जिम्मेवारी थप गर्नुपर्ने नेता तथा कार्यकर्ताको विवरण १ हप्ता भित्र संकलन गर्ने निर्णय समेत गरेको छ ।

यसैगरि मदन आश्रित स्मृर्ति भवन मर्मत सुधारका लागि अध्यक्ष केदार सिग्देलको संयोजकत्वमा समिती समेत निर्माण गरेको उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।