१९ कार्तिक २०८३, बिहिबार

काँग्रेस महाधिवेशनः लुम्बिनीबाट ६८३ प्रतिनिधिहरु आउँदै, कुन जिल्लाबाट कति ?

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, २३ मंसिर । नेपाली काँग्रेसको शुक्रबारदेखि काठमाडौँमा हुने १४ औँ महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट ६८३ जना प्रतिनिधिहरु सहभागी हुने भएका छन् ।

काँग्रेस निर्वाचन समितिका अनुसार गुल्मी र पाल्पाबाट ५३–५३ जना, अर्घाखाँचीबाट २६, नवलपरासीबाट ५२ तथा रुपन्देहीका ५ निर्वाचन क्षेत्रबाट गरी कुल १३१ जना प्रतिनिधि सहभागी हुनेछन् ।

त्यस्तै, कपिलवस्तुबाट ७७ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् भने रुकुम पूर्वबाट २६, रोल्पाबाट २७, प्युठानबाट २७ जना प्रतिनिधि सहभागी हुनेछन् ।

यसैगरी दाङबाट ७९ जना, बाँकेबाट पनि ७९ तथा बर्दियाबाट ५३ प्रतिनिधि सहभागी हुने निश्चित भएको छ । लुम्बिनीमा पौडेल पक्षले जितेको थियो ।

यस्तो छ सूचीः