आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

शिवराजमा प्रथम वडास्तरीय खेलकुद : वडा नम्बर २ मा १२ वटा समूहबीच प्रतिस्पर्धा हुँदै

दैनिक नेपाल २०७८ मंसिर २३ गते ८:४५

 कपिलवस्तु, २३ मंसिर । जिल्लाको शिवराज नगरपालिका वडा नम्बर २ मा वडास्तरीय खेलकुदको शुभआरम्भ भएको छ ।

नगरस्तरीय खेलकुदका लागि उत्कृष्ट खेलाडी छनोट गर्न वडा नं. २ ले वडामा १२ वटा समूहलाई खेलकुदका लागि प्रतिस्पर्धा गर्ने वडा सचिव नारायण पंगेनीले जानकारी दिए ।

वडास्तरीय खेलकुद उद्घाटनको पहिलो दिन शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले बल रेफ्रीलाई हस्तानतरण गरि खेलको उद्धाटन गरेका हुन् ।

उद्धाटन कार्यक्रममा शुभकामना दिदै वडा अध्यक्ष राम बहादुर चौधरीले खेलाडीहरुलाई वडाबाट राम्रो खेल खेल्दै नगरकप वडा न २ लाई जिताउन शुभकामना दिए । उनले खेलकुद विकासका लागि वडाले प्रत्येक वर्ष वडामा रहेका क्लबहरुलाई खेलकुद सामग्री वितरण गर्दै आएको जानकारी दिए ।

शिवराज नगर खेलकुद विकास समितिका अध्यक्ष नेत्र प्रसाद बेल्वासेले नगरस्तरीय प्रतियोगिता १६ गतेदेखि सञ्चालन हुने जानकारी दिँदै खेलाडीहरुलाई अनुशासित भएर खेल्नु पर्ने धारणा राख्दै वडा न २ लाई जितको शुभकामना दिए ।

कार्यक्रममा शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले पहिलो वर्ष नगर स्तरिय खेलकुद गरेका थियो । यस आर्थिक वर्षदेखि वडास्तरीय खेलकुद गर्ने निर्णय अनुसार वडा न २ ले खेलको शुरुवात गरेकोमा धन्यवाद दिए ।

प्रतियोगिताबाट मेयरकप, उपमेयरकपमा सहभागी भई उत्कृष्ट हुने खेलाडीहरुलाई बन्ध प्रशिक्षण सञ्चालन गरी पालिकास्तरीय खेल गराउने लक्ष्य रहेको र पालिकले उत्कृष्ट खेललाडी उत्पादन गर्ने योजना रहेको अधिकारीले बताए ।

कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल, शिक्षा शाखा प्रमुख लोकराज पन्थी तथा वडास्तरीय खेलकुद समितिका संयोजक प्रभु थारुको अध्यक्षतामा कार्यक्रम समापन भएको हो ।

प्रतिक्रिया
सम्बन्धित