
काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आज बिहीबार अवधारणापत्र सार्वजनिक गर्ने भएका छन् ।
उनले दिउँसो ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘समुन्नत नेपाल : सम्मानित नेपाली’ संकल्पसहितको अवधारणापत्र सार्वजनिक गर्न लागेका हनु् । ‘समुन्नत नेपाल : सम्मानित नेपाली’ संकल्प पूरा गर्न सक्ने पार्टी बनाउन कांग्रेसको पुनर्जागरण र रुपान्तरणका लागि महामन्त्रीमा आफ्नो उम्मेदवारी रहने थापाको भनाइ छ ।
भोलि शुक्रबारबाट सुरु हुने कांग्रेस महाधिवेशनमा थापाले महामन्त्रीमा उम्मेदवारी दिँदैछन् ।















प्रतिक्रिया