आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

पाँच पटकको विजेता बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो

दैनिक नेपाल २०७८ मंसिर २३ गते ७:४२

काठमाडौं, २३ मंसिर । पाँच पल्टको युरोपेली च्याम्पियन बार्सिलोना बुधबार बायर्न म्युनिकसँग ३–० ले पराजित हुँदै च्याम्पिन्स लिगको समूह चरणबाटै बाहिरिएको छ ।

पछिल्लो १७ वर्षयता बार्सिलोना नकआउट चरण पुग्न असफल रहेको यो पहिलो पल्ट हो । सन् २००३–२००४ यता बार्सिलोनाले लगातार १६ सिजन च्याम्पियन्स लिगको अन्तिम १६ मा खेलेको थियो ।

यस सिजन लियोनल मेसीलाई गुमाएको बार्सिलोनाका लागि यो हार थप आर्थिक संकटका रूपमा अगाडि आउने छ ।

बायर्नका लागि थोमस मुलर, लेरोय साने र जमल मुसालाले एक–एक गोल गरे । बायर्न भने समूह ‘ई’ को लिग चरणका सबै खेलमा शतप्रतिशत जित निकाल्न सफल रह्यो । यस्तै समूहबाट बेनफिका दोस्रो चरण पुग्यो । उसले डायनामो किभलाई २–० ले हरायो ।

प्रतिक्रिया
सम्बन्धित