बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले दिए काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

दैनिक नेपाल २०७८ मंसिर २२ गते २१:३५

काठमाडौँ, २२ मंसिर । राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

पार्टीको १४ औँ महाधिवेशनमा पन्थले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका हुन् ।

पन्थले अपाङ्गता तर्फबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेका हुन् । उनले एक विज्ञप्ति जारी गर्दै जन्मजातका साथै सशस्त्र द्वन्द, पटक–पटकका लोकतान्त्रिक जनआन्दोलनहरु, विनासकारी महाभुकम्प, विपद्, दुर्घटना, रोग जस्ता धेरै कारणहरुले अहिले नेपाली समाजमा अपाङ्गता भएका व्यक्तिहरुको संख्या ठूलो छ, र यो संख्यामा तिब्र गतिमा बढिरहेको जनाएका छन् ।

विज्ञप्ति:

‘कुनै पनि व्यक्ति अपाङ्गता हुनु पर्दा धेरै सपनाहरु टुट्ने र ढल्ने उल्लेख गरेका छन् । तिनै टुटेका सपनाहरु जोड्ने मेरो अभियान निरन्तर र अथक छ । अपाङ्गता भएका ब्यक्तिहरुको भरोसा र अधिकार प्राप्तिको अभियान प्रभावकारी र सफल बनाउन अझै धेरै कार्य गर्नु बाँकी नै छ । शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा जस्ता दर्जनौ मुद्दा, सवालहरु अझै सम्बोधन र सुनिश्चित हुन सकेका छैनन् । संविधान र मौलिक हकको प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन । संविधान र मौलिक हकको सफल कार्यान्वयनका लागि अझैं धेरै र ठूलो संघर्ष गर्नुपर्ने परिस्थितिहरु खडा भएका छन ।

तमाम अपाङ्गता भएका व्यक्तिहरुको भोगाइ, अनुभव र सिकाइलाई अपाङ्गता अधिकार प्राप्तिको अभियानमा जोड्ने र राज्यको नीतिमा समेत समावेश गर्ने कार्यमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा विगत २५ वर्ष देखी निरन्तर लड्दै आइरहेको छु । अपाङ्गता भएका व्यक्तिहरुको आत्मसम्मानको लागि अपाङ्गता भएरै लड्दै आइरहँदा नेपाली कांग्रेस पार्टीका नेता कार्यकर्ताहरुको सदासर्वदा साथ सहयोग पाउदै आइरहेको पनि छु ।

अपाङ्गता भएका व्यक्तिहरुको आफ्नै कठिन भोगाइ र सिकाइहरुलाई नेपाली कांग्रेस पार्टी र राज्यको नीति निर्माणमा समावेश गर्न, अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गर्न, उनीहरूको अधिकार सुनिश्चित गर्न र समाजका सबै क्षेत्रको साथ सहयोग जुटाई अपाङ्गता व्यक्तिको अधिकार प्राप्तिको लड़ाईलाई टुङ्गोमा पुर्याउन पार्टी संगठनको नेतृत्वमा केहि कार्य शुरुवात भइसकेको छ र उक्त वाँकी कार्य सम्पन्न गर्न पार्टीको केन्द्रीय नेतृत्वमा पुग्नु अत्यावश्यक रहेको अवस्थामा लोकतन्त्रवादी, अपाङ्गता अभियान्ता र नेपाली कांग्रेसको कार्यकर्ताको हैसियतले यस १४ औं महाधिवेशनमा अपाङ्गता तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेको छु ।’

प्रतिक्रिया
सम्बन्धित