मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

हेलिकप्टर दुर्घटनामा भारतका ‘चिफ अफ डिफेन्स’ रावतसहित १३ जनाकाे मृत्यु, मोदीद्वारा दुःख व्यक्त

दैनिक नेपाल २०७८ मंसिर २२ गते २०:४४

काठमाडौँ, २२ मंसिर । भारतमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ‘चिफ अफ डिफेन्स’ विपिन रावतसहित १३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा रावतकी पत्नीसहित १३ जनाको मृत्यु भएको छ । रावत भारतकै पहिलो ‘चिफ अफ डिफेन्स’ हुन् ।

वुधबार तमिलनाडूको एक घना जंगलमा सैनिक हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा १४ जना सवार थिए । हेलिकप्टरका पाइलट भने घाइते छन् र उनको उपचार भइरहेको जनाइएको छ ।

यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनरल बिपिन रावतको निधनमा दुःख व्यक्त गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘मलाई तमिलनाडुमा भएको हेलिकप्टर दुर्घटनाप्रति धेरै दुःख लागेको छ जसमा जनरल बिपिन रावत, उनकी पत्नी र सशस्त्र बलका अन्य जवानलाई गुमाउनु परेको छ । उहाँले पूरा लगनका साथ भारतको सेवा गर्नुभएको छ । मृतकका परिवारजनप्रति मेरो समवेदना छ ।’

जनरल रावत १ जनवरी २०२० मा देशको पहिलो चिफ अफ डिफेन्स नियुक्त भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित