
काठमाडौँ, २२ मंसिर । भारतमा भएको सेनाको हेलिकप्टर दुघएटनामा मृत्यु हेनेको संख्या १३ जना पुगेको छ ।
चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत सवार सेनाको एमआई–१७ हेलिकप्टर तलिमनाडुको कुन्नुरको घना जंगलमा दुर्घटना भएको थियो ।
हेलिकप्टरमा रावत पत्नी मधुलिकासहित सेनाका १४ अफिसर सवार थिए ।
दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको र जनरल रावतको स्थिति गम्भीर रहेको न्युज एजेन्सी एएनआईलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । दुर्घटनामा अधिकांश शवहरु जलेका छन् ।
त्यहाँको रक्षामन्त्रालयले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने जनाएको छ ।















प्रतिक्रिया