शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

थप २८० जनामा कोरोना पुष्टि, ३६६ निको, २ जनाको मृत्यु

दैनिक नेपाल २०७८ मंसिर २२ गते १७:३९

काठमाडौँ, २२ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा २८० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ९ हजार १६८ र एन्टिजेन विधिबाट ३ हजार ६ एन्टिजेन परीक्षण गरिएकोमा २८० जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ९ लाख १९ हजार ४४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३६६ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ५ हजार ५७१ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ६ हजार २३९ जना रहेको छ ।

हालसम्म ८० लाख बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५४७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित