बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

यथार्थ घटनामा आधारित ‘उठ्न सकिन्छ हिम्मत नहारे’ सार्वजनिक

दैनिक नेपाल २०७८ मंसिर २२ गते १०:५९

काठमाडौं, २२ मंसिर । ०७२ सालको महाभूकम्पमा परी देव्रे खुट्टा गुमाएका शरद पौड्यालले त्यसपछि भारोत्तोलनमा गरेको संघर्ष र सफलताको कथालाई ‘उठ्न सकिन्छ, हिम्मत नहारे’ बोलको गीतमा प्रस्तुत गरेका छन् ।

पुष्पन प्रधानको स्वर र संगीत रहेको गीतको भिडियो मंगलबार सार्वजनिक गरिएको हो । वरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द रहेको गीतको भिडियो सुरेन्द्र सिंह नेपालीले निर्देशन गरेका हुन् । निराजन प्रधान र रुबिना थापाले अभिनय गरेको भिडियो बाबु श्रेष्ठले खिचेका हुन भने रेनीश फागोको कलर, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

सम्झना सिंह नेपाली निर्माता रहेको भिडियोमा जस्तो परिस्थितिमा पनि हिम्मत नहारी जिउनुपर्छ भन्ने प्रेरणादायिक सन्देश प्रस्तुत गरिएको छ । यथार्थ घटनालाई प्रस्तुत गरिएको गीत तथा भिडियोले दर्शक–स्रोताबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको जानकारी निर्देशक नेपालीले दिए ।

उनले गीतको माध्यमबाट आममानिसमा बाँच्ने र समाजका लागि केही गर्ने सन्देश प्रस्तुत गरिएको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित