१ कार्तिक २०८३, आइतबार

विश्वको सबैभन्दा पुरानो टेस्ट क्रिकेट प्रतियोगिता एसेस आजदेखि अष्ट्रेलियामा शुरु हुँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । विश्वको सबैभन्दा पुरानो टेस्ट क्रिकेट प्रतियोगिता एसेस आजदेखि अष्ट्रेलियामा शुरु भएको छ ।

४२ दिनसम्म चल्ने एसेसमा पाँच टेस्ट खेलिने छन् । अस्ट्रेलिया र इंग्ल्यान्डबीच हुने यो प्रतियोगितालाई भारत र पाकिस्तानबीच हुने खेल जस्तै सामरिक महत्वले हेरिन्छ ।

अस्ट्रेलिया टिमका नयाँ कप्तान प्याट कमिन्सका साथमा खेल्दैछ । सन् १८८२ यता एसेस सिरिजमा तीन सय ३९ पटक इंग्ल्यान्ड र अस्ट्रेलिया एक अर्का विरुद्ध खेलेका छन् । जसमा अस्ट्रलेलियाले एक सय ३६ पटक इंग्ल्यान्डलाई पराजित गरेको छ ।

इंग्ल्यान्डले एक सय आठ पटक जितेको छ भने ९१ खेल बराबरीमा सकिएको छ । १३७ वर्षे एसेस इतिहासमा ७१ सिरिज भएका छन् । जसमा ३३ पटक अस्ट्रेलियाले र ३२ पटक इंग्ल्यान्डले सिरिज जितेका छन् ।