९ कार्तिक २०८३, सोमबार

कांग्रेस नेता नवराज गुरुङद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता नवराज गुरुङले आसन्न १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

हिजो मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेता गुरुङले कांग्रेसको १४औं महाधिवेशनमा (आदिवासी/जनजाति) तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

नेता गुरुङले आदिवासी जनजातीहरु तथा अन्य समावेशीका जातिहरु सन्तुष्ट नभएको भन्दै पिछडिएका जातिहरुलाई नेपाली कांग्रेसको मुलधारमा ल्याई उनीहरुको बृहत्तर हितमा काम गर्नका लागि उम्मेदवारी दिन लागेको बताए ।

उम्मेदवारी घोषणा गर्दै नेता गुरुङले भने, ‘महामन्त्रीमा लड्नुपर्ने तपाई पुरानो नेता किन सदस्यमा भनेर साथीहरुले नै भन्ने गरेको छन् । पटक–पटक चुनावमा हार व्यहोर्न परेको पीडा मसँग छ ।’

२०३२ सालदेखि विद्यार्थी आन्दोलनमा सक्रिय भुमिका निभाएका र ३३ सालमा विपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिमा समेत साथ दिएका गुरुङले आफु पुराना नेता भएपनि विविध कारणले विगतमा उम्मेदवार बन्ने परिस्थिति नमिलेर आफु पछाडि परेको बताए ।

उम्मेदवारी पार्टीका साथीहरुको सल्लाहमा दिन लागेको बताउँदै उनले राजनीति भनेको राष्ट्रलाई दिने मात्र हो लिने आश गर्नुहुँदैन् भन्दै आफुले पनि धेरैपटक पार्टीको लागि त्याग गरेको स्मरण गराए । गुरुङले मेचिदेखि महाकालीका जनजाती आदिवासीहरुलाई आफुलाई मत दिन आग्रह गर्दै सबैले भोट दिने उनको विश्वास छ ।

गुरुङ २०४८ सालमा पर्वत क्षेत्र न.१ बाट प्रतिनिधिसभा सदस्यका लागि पार्टीको टिकट, २०५९ सालबाट प्रजातान्त्रिकको पर्वतको सभापति र ०६४ बाट ०६७ सम्म एकीकरणपछि कांग्रेसको पर्वत जिल्ला सभापति, ०७० सालमा संविधानसभा सदस्य र ०७४ सालमा प्रदेश सभाको उम्मेदवार भई प्रतिस्पर्धामा होमिएका थिए ।

२०२९ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीतिमा सुरु गरेका गुरुङ संघको केन्द्रीय उपाध्यक्षसमेत भएका थिए । गुरुङको नेविसंघमा धेरै ठूलो योगदान रहेको छ ।