
काठमाडौं, २१ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाबाट न्यायालय सुधार नहुने बताएका छन् ।
नेपाल बार एशोसिएसनको टोलीसँग मंगलबार आफ्नै निवास बालकोटमा भएको छलफलमा ओलीले प्रधानन्यायाधीशको राजीनामा वा महाभियोगबाट न्यायिक सुधारको सुरुवात नहुने स्पष्ट पार्दै सो कुरा बताएका हुन् ।
ओलीलाई भेट्न गएको कानुन व्यवसायीको टोलीले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाएर हटाउन एमालेले सहयोग गर्नुपर्ने प्रस्ताव गरेको थियो । तर उनले राजीनामा वा महाभियोग न्यायलय सुधारको बाटो नभएको जवाफ दिएका छन् ।















प्रतिक्रिया