९ कार्तिक २०८३, सोमबार

नेकपा माओवादी केन्द्र समाजवादीद्वारा एमसीसीविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । कर्णजित बुढाथोकी नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्र समाजवादीले एमसीसी खारेज गर्नका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

आज मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समाजवादीले राष्ट्रघाती एमसीसी सम्झौता लागू नगर्न जोडदार माग गर्दै जबरजस्ती संसदबाट पास गरेमा कडा जनसंघर्षमा उत्रिने चेतावनी दिएको हो ।

कार्यक्रममा एमसीसी सम्झौता विरुद्ध जनप्रदर्शन, धर्ना, घेराउ, आमसभा सञ्चालन गर्दै आइरहेको समाजवादीले मंसिर २३ गतेबाट ७ वटै प्रदेशमा लाखौं जनताको हस्ताक्षर अभियान सञ्चालन गर्ने जानकारी दिएको हो ।

समाजवादीले हस्ताक्षर कार्यक्रम सफल पार्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र नेपाली जनतालाई आफ्नो क्षेत्रबाट सहयोग गर्न पार्टीले आग्रह गरेको छ ।