
काभ्रेपलाञ्चोक, २१ मंसिर । आप्रवासनको असर तथा प्रभाव/कामदारलाई सामाजिक बहिस्कारण प्रभाव न्यूनिकरणसम्बन्धी नेपाल प्रहरीसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम काभ्रेको धुलिखेलमा सोमबार सम्पन्न भएको छ ।
नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा स्वीस सरकार विकास सहयोग एसडिसीको सहयोग र सिभिक फोरम फर सस्टेनेबल डेभलपमेन्ट काभ्रेपलाञ्चोकको व्यवस्थापनमा सुरक्षित आप्रवासन परियोजनाले सरोकारवालाहरुसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
धुलिखेल नगरपालिकाका उपप्रमुख विमला कुमारी पौडेल शर्माको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए भने सिभिक फोरम फर सस्टेनेबल डेभलपमेन्ट काभ्रेपलाञ्चोकका प्रमुख कार्यकारी अधिकृत बसन्त कुँवरले सहभागीहरुबाट उठेका विविध जिज्ञासाको निरुपण गरेका थिए ।
कार्यक्रममा हेल्भेटास नेपालका कार्यक्रम अधिकृत कमल बहादुर रोक्कायले ‘बैदेशिक रोजगारको वर्तमान अवस्था, अवसर तथा चुनैतीहरु’, जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले ‘संशोधित बैदेशिक रोजगार ऐन, २०६४ ले प्रदान गरेको प्रमुख जिल्ला अधिकारीको भूमिका र आप्रवासी श्रोत केन्द्रसँगको सहकार्य’ र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक संजिता श्रेष्ठले ‘MOU between DoFE and CIB, Nepal Police’ र ‘बैदेशिक रोजगार ठगी नियन्त्रणमा नेपाल प्रहरीको भूमिका’ सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।
उक्त कार्यक्रममा प्रहरी अधिकृत तथा जवानहरु एवम् सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।















प्रतिक्रिया