९ कार्तिक २०८३, सोमबार

एमालेको महाधिवेशनमा जस्तो जनता नआउने देखेपछि कांग्रेसले टाउको लुकायो : सचिव भट्टराई

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । नेकपा एमालेका सचिव योगेश भट्टराईले हालै सम्पन्न नेकपा एमालेको १०औं महाधिवेशनमाझैं जनता नआउने देखेपछि नेपाली कांग्रेस शक्ति प्रदर्शनबाट पछि हटेको बताएका छन् ।

हिजो सोमबार नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेले कञ्चनपुरदेखि झापासम्मका मान्छे ल्याएर शक्ति प्रदर्शन गरे पनि काङ्ग्रेसले त्यसो नगर्ने अभिव्यक्ति दिएका थिए । त्यसको भोलिपल्ट आज एमाले सचिव भट्टराईले कांग्रेस जनप्रदर्शनबाट डराएको अभिव्यक्ति दिएका हुन् ।

१०औं महाधिवेशनका लागि गठन गरिएको प्रचार कमिटीको अन्तिम बैठकलाई सम्बोधन गर्दै सचिव भट्टराईले भने, ‘जनपरिचालनको हिसाबले नेकपा एमालेको १०औं महाधिवेशन ऐतिहासिक रह्यो । एमालेको यो जनपरिचालनको रेकर्ड एमालेले मात्रै तोड्न सक्छ अरु कसैले सक्दैन ।’

‘हिजो शेरबहादुर देउवाको स्टेटमेन्ट सुनेको थिएँ, उहाँले जनतालाई दुःख नदिन हामीले जनप्रदर्श गर्दैनौं भन्नुभएको छ,’ नेता भट्टराईले भने, ‘कांग्रेसले जनतालाई दुःख नदिनका निम्ति होइन, जनता आउँदैनन् भन्ने बुझेर, चितवनको भन्दा ठूलो हुँदैन भन्ने बुझेर कांग्रेसले टाउको लुकायो ।’

करिब पाँच हजारको हाराहारीमा रहेका प्रतिनिधिलाई राखेर महाधिवेशन तयारी गरिरहेको कांग्रेसले जनप्रदर्शनबाट जनतालाई दुःख हुन्छ भन्नु युक्तिसँगत नभएको नेता भट्टराईको भनाइ छ ।