९ कार्तिक २०८३, सोमबार

पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष अधिकारीद्वारा पदत्यागको घोषणा

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । नेपाल पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले पदबाट राजीनामा दिने बताएकी छिन् ।

उनले आफू नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुने भन्दै पद त्याग्ने घोषणा गरेकी हुन् । सोमबार साँझ सामाजिक सञ्जालमार्फत आफू महासंघको नेतृत्वमा नबस्ने घोषणा गरेकी हुन् ।

‘म नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष भएको नाताले नेपाल पत्रकार महासंघको विधान, आचारसंहिताको पालना गर्नु मेरो प्रमुख कर्तव्य रहेको कुरा मलाइ हेक्का छ । नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनमा मलाई आफ्नो अमूल्य मत दिएर महासंघको नेतृत्वमा पुर्‍याउनुहुने सम्पूर्ण मतदाताहरूमा हार्दिक आभार व्यक्त गर्दछु,’ अधिकारीले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

उनले अगाडि लेखेकी छिन्, ‘म महासंघको नेतृत्वमा नरहे पनि तपाइँहरूको मतको उच्च सम्मान गर्दै हरहमेशा तपाइँहरूको माझ सुख–दुःखमा साथ रहने प्रण गर्दै अबको मेरो गन्तव्य पार्टी राजनीतितिर ।’

उनी नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेसनमा गृहजिल्ला ओखलढुंगाबाट महाधिवेसन प्रतिनिधि निर्वाचित भएकी छिन् ।

महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेर निर्वाचित नबन्दासम्म भने उनले महासंघको पद छोड्ने कुनै घोषणा गरेकी थिइन् । तर, जब प्रतिनिधि निर्वाचित भइन् त्यसपछि मात्रै उनले राजीनामाको घोषणा गरेकी हुन् ।