३ कार्तिक २०८३, मंगलबार

नजरबन्दमा रहँदै आएकी सुकीको जेल सजाय आधा घटाइयो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जेल सजाय आधा घटाउने निर्णय गरेको छ ।

सोमबार म्यानमारको सरकारी एमआरटीभीले सुकीको जेल सजाय चार वर्षबाट आधा घटाएर दुई वर्षमा झारेको उल्लेख गरेको छ ।

सोमबार म्यानमारको न्यपेतस्थित सेनाको अदालतले उनलाई दुई फरक फरक आरोपमा समान दुई/दुई वर्षको जेल सजाय सुनाएको थियो ।

गत फेब्रुअरीमा सेनाले कू गरेर सत्ता आफ्नो हातमा लिएसँगै ७६ वर्षीया सुकी म्यानमार नजरबन्दमा रहँदै आएकी छिन् । त्यसयता पहिलोपटक सेनाको अदालतले उनको मुद्दामा फैसला सुनाएको हो ।

यसअघि म्यानमारको सेनाले उनीविरुद्ध विभिन्न करिब एक दर्जन आरोपमा मुद्दा दायर गरेको थियो । यद्यपि सुकीले आफूमाथि लगाइएको सबै आरोप अस्वीकार गर्दै आएकी छिन् ।

म्यानमारका अपदस्थ राष्ट्रपति विन मिन्टलाई सुनाइएको चार वर्षको सजाय पनि आधा घटाइएको सेनाले बताएको छ ।