९ कार्तिक २०८३, सोमबार

भानु जन्मस्थललाई साहित्यिक पर्यटकीय क्षेत्र बनाउने योजना छ : श्रममन्त्री श्रेष्ठ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय विभूति तथा आदिकविभानुभक्त आचार्य जन्मेको तनहुँको चुँदी रम्घालाई साहित्यिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न योजना अघि बढाएका छन् ।

भानुभक्त तनहुँमा जन्मेका हुन् भनेर गौरव गर्नु बाहेक उल्लेखनीय काम हुन नसकेको अवस्थामा मन्त्री श्रेष्ठले चुँदी रम्घामा पुर्वाधार निर्माण, प्राकृतिक सौन्दर्यकरणको माध्यमबाटसाहित्यिकतथापर्यटकीय गन्तव्यका रुपमा अघि बढाउने योजना अघि बढाएका हुन् ।

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य समेत रहेका मन्त्री श्रेष्ठले भानुजन्मस्थलको साहित्यिक र पर्यटकीय महत्व भएकाले यसको संरक्षण, सम्वर्द्धन र विकासका लागिसरोकारवालाहरुसँग छलफल गरी योजनावद्ध रुपमा काम अघि बढाइने बताए ।

चुँदी रम्घालाई आकर्षक पर्यटकीय स्थलको रुपमा विकास गर्ने मन्त्री श्रेष्ठको योजनालाई इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सहयोग गर्ने जनाएको छ । फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले रम्घामा आदिकवि भानुभक्तको विश्वकै ठूलो पूर्णकदको सालिक निर्माण गरिने उनको भनाइ छ ।

मन्त्री श्रेष्ठको योजना सफल बनाउन आदिकवि जन्मघर शिखर कटेरीमा विश्वकै ठूलो पूर्णकदको सालिक निर्माण गर्न लागिएको उनले बताए । विकसित मुलुकका प्रतिष्ठित साहित्यकारहरुका स्मृतिलाई संरक्षण गर्ने गरिएको बताउँदै अधिकारीले भानुभक्तको परिचय र योगदानलाई जीवन्त राख्नपुर्णकदको सालिक बनाउन लागिएको बताए ।

तनहुँमा जन्मिएको भएपनि राष्ट्रकै गौरव भएकाले आदिकवि भानुभक्तको सम्झनामा पूर्णकदको सालिक निर्माणको योजना अघि बढेको उनको भनाइ छ ।

पूर्णकदको सालिक निर्माणसँगै अन्य सम्पदाहरुको संरक्षण र विकासले चुँदी रम्घाको मुहार फेरिने र आकर्षक पर्यटकीय स्थलको रुपमा विकास हुने मन्त्री श्रेष्ठको विश्वास छ ।

आदिकवि भानुभक्त आचार्यको जन्म बि.सं. १८७१ असार २९ गते तनहुँको जिल्लाको चुँदी रम्घामा भएको हो ।भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा भावानुवाद गरी रामायणलाई पठनीय बनाएका थिए ।

आदिकवि भानुभक्तलाई नेपाली संस्कृति, भाषा र एकताका धरोहर मानिन्छ ।