९ कार्तिक २०८३, सोमबार

स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँसहित दरबारमार्गबाट खनाल पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँसहित प्रहरीले दरबारमार्गबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं सामाखुसी बस्ने सर्लाहीको बरथवा घर भएका २२ वर्षीय होरोसी खनाल छन् । उनलाई काठमाडौंको दरबारमार्गस्थित बिइङ ह्युतमन कपडा पसलबाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो । प्रहरीका हनुसार खनाल सोही पसलका मनेजेर हुन् ।

उक्त पसलमा श्रोत नखुलेको रकम ओसारपसार तथा लुकाई राख्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त पसल तलासी लिएको थियो । तलासीका क्रममा झोलामा राखिएको अवस्थामा १ हजार दरको ४९ लाख रुपैयाँ र ५०० दरको २० लाख ५० हजार रुपैयाँ गरी उक्त रकम फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनलाई आवश्यक कारवाहीका लागि सम्पत्ती शुद्धीकरण विभाग पुल्चोक पठाइएको छ ।