९ कार्तिक २०८३, सोमबार

‘युवाका साथ साथ आवाज नेपाल’को साधारणसभामा रक्तदान, २४ पिन्ट रगत संकलन

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । युवाका साथ साथ आवाज नेपालले आफ्नो पाँचौं वार्षिक साधारणसभाको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

शनिबार रेडक्रससँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा २४ पिन्ट रगत संकलन गरेको छ । जटिल प्रकृतिका विरामीहरूले समयमै रगत नपाएर ज्यान गुमाउनुपरिरहेको घटनाहरूलाई दृष्टिगत गर्दै संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको बताएको छ ।

बागमती प्रदेशसभा सदस्य शशीजंग थापाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा संस्थाका सचिव श्रीकृष्ण थापाले संस्थाले हालसम्म गरेका गतिविधिहरुको वार्षिक प्रतिवेदन र आगामी वर्षको कार्ययोजना र कोषाध्यक्ष आश्मा बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभामा पेश भएको सबै प्रतिवेदन र कार्ययोजना तथा आर्थिक प्रतिवेदन सर्वसम्मतीले पारित भएको छ ।

कार्यक्रममा भक्तपुर जिल्लामा युवाहरुले नेतृत्व गरेको सक्रिय रुपमा आफ्ना गतिविधहरु सञ्चालन गर्न सफल भएकोमा पत्रकार महासंघ भक्तपुरका अध्यक्षले संस्थाप्रति धन्यवाद व्यक्त गरे ।

त्यसैगरी गैरसरकारी महासंघ भक्तपुरका सचिव रमेश गिरीले युवाका साथ साथ आवाज नेपालले युवाहरू स्वरोजगार प्रवद्र्धन र अनलाइनको गलत प्रयोगबाट हुने घटना उन्मुलनमा सक्रिय हुन सुझाव दिए । ‘युवाहरुका लागि असल नागरिक बन्नका लागि अभिप्रेरित गर्ने एउटा मन्च यो सस्था हो,’ उनले भने ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य थापाले युवाहरुले स्वदेशमा नै अवसर खोजी आफ्नो अमूल्य समयको सदुपयोग गर्नुपर्नेमा जोड दिए । युवाहरूले सामाजिक उत्तरदायित्व पूरा गर्न लागि पर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सरिता कुँवर, नेशनल प्याबसन भक्तपुरका अध्यक्ष सञ्जय खड्का, समाजसेवी उमेश खड्का, मानव कल्याण समाजका अध्यक्ष सुमित्रा चौलागाइ, संस्थाका संस्थापकहरू राजेश घिमिरे, दिपेश बिशुन्के तथा सभा सदस्यहरु सहभागि थिए ।

साधारणसभामा सर्मिला बिकले शुभकामना मन्तब्य व्यक्त गरेकी थिइन् ।

संस्थाले युवाहरुलार्इ नेतृत्व विकास गर्न, सामाजिक कार्यमा सहभागी हुनका लागि उत्प्रेरित गर्ने, युवाहरुलाइ उद्यमशील र स्वरोजगार बनाउनका लागि शीपमुलक तालिमको व्यवस्थापन गर्ने र सुशासन, प्रवर्द्धन तथा न्यायपूर्ण समाज निर्माणमा थप क्रियाशील भएर कार्य गर्दै आएको संस्थाका अध्यक्ष देबेन्द्र आर्चायले बताए ।