३ कार्तिक २०८३, मंगलबार

अमेरिकामा राष्ट्रपति पदका पूर्वउम्मेदवार बब डोलको निधन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाशिङ्टन, २० मंसिर । अमेरिकामा राष्ट्रपति पदका पूर्वउम्मेदवार बब डोलको निधन भएको छ ।

उनी सन् १९९६ मा राष्ट्रपति पदका उम्मेदवार थिए । फोक्सोको क्यान्सरबाट पीडित उनको ९८ वर्षको उमेरमा निधन भएको हो ।

डोल लामो समयसम्म क्यानसस राज्यलाई प्रतिनिधित्व गर्ने सिनेटर थिए । तत्कालीन समयमा राष्ट्रपतीय निर्वाचनमा उनले डेमोक्र्याटिक दलका नेता बिल क्लिन्टनसँग प्रतिस्पर्धा गरेका थिए ।

उनी दोस्रो विश्व युद्धमा सहभागी सैन्य अधिकारी समेत हुन् जो युद्धका क्रममा झन्डै मारिएका थिए । डोलको निधनको खबर उनकी पत्नीको प्रतिष्ठानले सार्वजनिक गरेको थियो जसमा उनले ‘७९ वर्षसम्म इमानदारीपूर्वक संयुक्त राज्य अमेरिकाको सेवा गरेकोु’ उल्लेख छ ।