आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

इंग्लिस प्रिमियर लिग : युनाइटेड र टोटनह्याम विजयी

दैनिक नेपाल २०७८ मंसिर २० गते ८:२५

काठमाडौं, २० मंसिर । जारी इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड र टोटनह्यामले जित हात पारेका छन् ।

आइतबार राति भएको खेलमा म्यानचेष्टरले घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेसलाई १–० ले पराजित गरेको हो । युनाइटेडका लागि निर्णायक गोल फ्रेडले ७७औँ मिनेटमा गरे ।

राति नै भएको अर्को खेलमा टोटनह्यामले नर्विच सिटीलाई ३–० ले पराजित गरेको छ । घरेलु मैदान टोटनह्यालाई जिताउन लुकास मौरा, डाभिन्सन सान्चेज र हिङ मिन सनले १–१ गोल गरे । जितसँगै म्यानचेस्टर युनाइटेड १५ खेलबाट २४ अंक जोडेर छैटौँ स्थानमा छ । पराजित क्रिस्टल प्यालेस १६ अंक जोडेर १३औँ स्थानमा रहेको छ ।

टोटनहम २५ अंक जोड्दै पाँचौ स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित