
काठमाडौं, १९ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर ७ हजार ९९५ जनाको आरटी–पीसीआर गर्दा २०० जना र २ हजार ७५२ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जना गरी आज २०५ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख २२ हजार ५९२ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५४१ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३६ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ८ लाख ४ हजार ५४४ जना पुगेको छ । यो कुल संक्रमितको ९७ दशमल ८ प्रतिशत हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ५०७ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ४६ लाख ६२ हजार ६८० जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ६ हजार ५०७ जना आइसोलेसन र ९७ जना क्वारेन्टिनमा छन् ।















प्रतिक्रिया