८ कार्तिक २०८३, आइतबार

छोरी पञ्चायतमा बालबालिकाले मागे सामाजिक, आर्थिक र राजनीतिक अधिकार

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । नेपालमै पहिलो पटक ‘छोरी पञ्चायत’ कार्यक्रम आयोजना गरिएको छ ।

उक्त कार्यक्रममा बालिकाहरूले सामाजिक, आर्थिक र राजनीतिक अधिकारको माग गरेका छन् । भ्रेपलाञ्चोकको नमोबुद्व नगरपालिकाको बोहरे गाउँमा देशकै पहिलो ‘छोरी पञ्चायत’कार्यक्रम सम्पन्न गरिएको हो ।

भारतबाट महिला अधिकारको आवाज उठाउने सुनिल जगलानले नेपालमा बालिकाको अधिकारको लडाइँ शुरू गर्न निकै रमाइलो ढंगले छोरी पञ्चायत कार्यक्रमको आयोजना गरेका हुन् । जसमा विद्यालयका छात्राहरूबाहेक वरपरका गाउँका महिलाहरूले पनि सहभागिता जनाएका थिए ।

पहिलो पटक गरिएको छोरी पञ्चायतको अध्यक्षमा रमा निर्वाचित भएकी थिइन् । त्यसपछि संस्कृति र पितृसत्ताको प्रतीक मानिएको नेपालको राष्ट्रिय ढाका टोपी रमालाई लगाइयो र संस्कृतिमा समानता कायम होस् भन्ने उद्देश्यले उनको अध्यक्षतामा छोरी पञ्चायत भएको थियो ।

जसमा बालिकाहरूले खुलेर आफ्नो विचार व्यक्त गरेका थिए । कार्यक्रममा रमाको सचिवको भूमिका सुनिल जगलानले निभाएका थिए । सविना रेग्मीले अहिले छोरीलाई सामाजिक अधिकार दिनुपर्ने बताइन् तर छोरा बराबर परिवारले छोरीहरूलाई खाना नदिँदा कसरी राजनितिक र सामाजिक अधिकार प्राप्तिको आशा गर्न सकिन्छ भन्ने प्रश्न गरिन् ।

कार्यक्रममा सगिता श्रेष्ठले नेपालि समाजमा अझै पनि छोरी जन्माउन संघर्ष गर्नुपर्ने बताइन् । अब छोरी पञ्चायतको आवाजले हाम्रो अधिकारलाई सचेततापूर्वक रक्षा गर्नुपर्छ भन्ने कुरा सरकारले बुझ्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै दिया डोटेलले भनिन्, ‘हाम्रो देशमा पनि भारतका सुनिल जगलानजस्ता केटीहरूलाई सहयोग गर्ने दाजुभाइ हुनुपर्छ ।’ माया मोक्तानले आजसम्म आफ्नो सम्पत्तिको हक पनि नपाएको गुनासो गरिन् ।

पञ्चायतको अन्त्यमा २० वर्ष नपुग्दै युवतीसँग विवाह गर्नेलाई ३ वर्ष कैद र ५ लाख रुपैयाँ जरीवाना गर्ने सामूहिक निर्णय भएको थियो । यसका साथै यसमा संलग्न व्यक्तिलाई जरिवानासँगै सजायको व्यवस्था हुनुपर्नेमा जोड दिइएको छ ।

यसका साथै छोरीहरूलाई उनीहरूको सामाजिक, आर्थिक र राजनीतिक अधिकार पनि दिनुपर्नेमा बालबालिकाहरूले जोड दिइएका छन् । छोरी पञ्चायतका संयोजक सुनिल जगलानको भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपतिबाट पटकपटक प्रशंसा भइसकेको छ भने अन्तर्राष्ट्रिय संघसंस्थाले उनको अभियानलाई भारतमा सकारात्मक परिवर्तनको आधार मानेका छन् ।

सन् २०२१ को जुन महिनामा नेपालमा ‘सेल्फी विथ डटर’ अभियान शुरू गरिएको थियो, जसलाई यहाँ निकै मन पराइएको छ र सेल्फी विथ डटरका तीन विजेतालाई २१ हजार, ११ हजार र ५१०० रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

नेपालका तत्कालीन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुली महतोले उक्त अभियानमा सहभागी भई प्रशंसा गरेकी छिन् । छोरी पञ्चायतका संस्थापक सुनिल जगलानले नेपालमा बालिकाको अधिकारका बारेमा चेतना अभिवृद्धि गर्ने र पुरुषले आफ्नो अधिकार खोस्ने कुरीति त्याग्नुपर्छ भन्ने अनुभूति गराउने प्रयास गरिरहेको बताए ।

छोरी पञ्चायतमा नमो बुद्व नगरपालिकाका उपमेयर रामदेवी तामाङको सेल्फी विथ डटर फाउण्डेशनका सल्लाहकार सुनिल नन्द, रविराज थापा, सेल्फी विथ डटर नेपालका संयोजक कल्पना श्रेष्ठ सन्तोष सिलवाल र नेपाल इन्टरनेट फाउण्डेशनका संस्थापक विक्रम श्रेष्ठको सहभागिता थियो ।

कार्यक्रमका थप तस्वीरहरू