
काठमाडौं, १९ मंसिर । प्रदिप त्रिपाठी र देवी घर्तीको आवाजमा नयाँ लोकदोहारी गीत ‘चर्को घाम’ म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ ।
स्वयम् प्रदिप त्रिपार्ठीको शब्द तथा लयमा रहेको गीत ‘चर्को घाम’को म्युजिक भिडियोलाई कपिल लामाले निर्देशन गरेका छन् । विपिन चौलागाईंले छायांकन गरेको मार्मिक गीत ‘चर्को घाम’को म्युजिक भिडियोलाई शिव पौडेलले सम्पादन गरेका छन् ।
म्युजिक भिडियोमा समिर न्यौपाने र सञ्चिता शाहीले जीवन्त अभिनय गरेका छन् । म्युजिक भिडियोलाई सञ्जिव न्यौपानेको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
गरिबी, अभाव र प्रेम सम्बन्धलाई गीतमा निकै मामिक ढङ्गले प्रस्तुत गरिएको छ । कथावस्तु अनुसार समिर र सञ्चिताले जीवन्त अभिनय प्रस्तुत गरेका छन् ।
हेर्नुहोस् भिडियो–
















प्रतिक्रिया