३ कार्तिक २०८३, मंगलबार

राजनीतिज्ञ दाइलाई सहयोग गरेका कारण सीएनएनद्वारा प्रख्यात प्रस्तोता बर्खास्त

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । अमेरिकी चर्चित प्रस्तोता क्रिस कुमोलाई उनका दाजु तथा न्यूयोर्कका पूर्वगभर्नर एन्ड्रू कुमोले दुर्व्यवहार आरोप बेहोरिरहेका बेला पुर्‍याएको सहयोगका कारण सीएनएनले कामबाट बर्खास्त गरेको छ ।

आफ्ना दाजुको बचाउका लागि कुमोले गरेको सहयोगबारे थप सूचना बाहिरिएपछि सीएनएनले उक्त निर्णय गरेको बताएको छ । एन्ड्र्यु कुमोले आफ्ना कर्मचारीलाई दुर्व्यवहार गरेको अभियोजनकर्ताहरूले ठहर गरेपछि गत अगस्ट महिनामा राजीनामा गरेका थिए ।

५१ वर्षीय कुमोले एउटा विज्ञप्तिमाफर्त् दुःख व्यक्त गर्दै ‘सीएनएनबाट मेरो समय यसरी समाप्त होस् भन्ने नचाहेको’ बताएका छन् । उनले सीएनएनका लागि सन् २०१३ देखि काम गर्दै आएका छन् र सीएनएनका एक प्रख्यात प्रस्तोता मध्यमा पर्छन् ।

कुमोले सन् २०२० को राष्ट्रपतीय निर्वाचनबारे गरेका प्रस्तुतिको चर्चा हुने गरेको छ । सीएनएनको विज्ञप्तिमा ुएउटा प्रतिष्ठित कानुनी कार्यालयुलाई उनका राजनीतिकर्मी दाजुको यौन दुर्व्यवहारसम्बन्धी समस्यामा क्रिसले आफ्ना दाजुलाई सहयोग गर्न गरेको प्रयत्नबारे हेर्न नियुक्त गरिएको जनाइएको छ ।

तर समीक्षा भइरहेका बेला ‘नयाँ सूचना प्रकाशमा आएको’ र त्यसैका आधारमा नेटवर्कले उनलाई ‘तत्काल कार्यान्वयन हुने गरी’ जागिरबाट निष्कासन गरेको जनाइएको छ । आफ्ना दाजुलाई सहयोग गर्न क्रिस कुमोले पर्दा पछाडि गरेको प्रयत्न बाहिर आएपछि सीएनएनले गत मङ्गलवार नै उनलाई निलम्बन गरेको थियो ।

त्यस बेला सीएनएनले भनेको थियो, ‘परिवार पहिलो प्राथमिकतामा र काम दोस्रो प्राथमिकतामा पार्नुपर्ने आवश्यकता (क्रिस कुमोलाई) परेको अवस्थालाई सीएनएनले बुझेको छ ।’ तर दाजुका लागि उनले दिएका सुझावहरू पत्रकारिताको आचारसंहिता विपरीत रहेको सीएनएनले जनाएको छ ।

सोमबार न्यूयोर्ककी महान्यायाधिवक्ता सार्वजनिक गरेको दस्ताबेजले कुमोले आफ्ना दाइको रक्षार्थ व्यापक भूमिका निर्वाह गर्नका लागि गभर्नरका कर्मचारीहरूलाई निरन्तर दबाब दिएको उल्लेख छ । बीबीसीबाट