
काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा राजेन्द्र लिङ्देनको जितलाई राजनीतिमा पुस्तान्तरणको प्रक्रिया आरम्भ भएको बताएका छन् ।
पार्टीको नयाँ नेतृत्वमा विजयी भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै निधिले राप्रपाको यो महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँ पुस्तामा हस्तान्तरणको प्रक्रिया प्रारम्भ भएको सन्देश दिएको बताएका छन् ।
‘राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा विजयी हुनु भएकोमा राजेन्द्र लिङ्देनलाई हार्दिक बधाईका साथै शुभकामना दिन चाहन्छु,’ आज आइतबार उपसभापति निधिले एक प्रेस विज्ञप्ति जारी गर्दै लेखेका छन्, ‘राप्रपाको यो महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँ पुस्तामा हस्तान्तरणको प्रक्रिया प्रारम्भ भएको सन्देश दिएको छ ।’
उनले विज्ञप्तिमा अगाडि लेखेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणाली र त्यस प्रणालीमार्फत जारी भएको नेपालको संविधानको सफल कार्यान्वयनमा उहाँको नेतृत्वको राप्रपाले सहयोग पुर्याउने छ भन्ने मैले विश्वासका साथ सफल कार्यकालको कामना गर्दछु ।’















प्रतिक्रिया