८ कार्तिक २०८३, आइतबार

अध्यक्षमा पराजित भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहमाथि खनिए कमल थापा

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय अध्यक्षमा पराजित भएपछि निवर्तमान अध्यक्ष कमल थापा पूर्वराजा ज्ञानेन्द्र शाहमाथि खनिएका छन् ।

आफू पराजित भएको परिणाम स्वीकार गर्दै थापाले आफ्नो पराजयमा पूर्वराजा शाहको हात रहेको आरोप लगाउँदै शाहप्रति कडा टिप्पणी गरेका हुन् । उनको पराजयसँगै अब राजा र राजसंस्थाबाट मुक्ति पाएको संकेत समेत उनको टिप्पणीबाट पाउन सकिन्छ ।

उनले ट्विटमा आफ्नो पराजयमा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको उल्लेख गर्दै भनेका छन् ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मलनिवासको नाङ्गो हस्तक्षेपको भत्र्सना गर्दछु,’ ज्ञानेन्द्र शाहलाई बधाई तथा धन्यवाद भन्दै थापाले अगाडि लेखेका छन्, ‘मैले राहत र उन्मुक्ति पाएको छु ।’

लामो समयदेखि राप्रपाको नेतृत्वमा रहेका थापा राजा र राजसंस्थाको खुब वकालत गर्दै आएका थिए । तर, नेतृत्वमा पराजयसँगै आएको उनको टिप्पणीले उनी अब राजसंस्थाको वकालत नगर्ने अवस्थामा पुगेका छन् ।

‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिडेको पुरस्कार आज पाईयो,’ निवर्तमान अध्यक्ष थापाले अर्को ट्वीटमा लेखेका छन्, ‘सो एजेन्डाको मुल संम्वाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएक चेष्टाले राजाको भलो होस, हार्दिक शुभकामना ।’