
काठमाडौं, १८ मंसिर । प्रकु पाण्डेको निर्देशनमा बनेको चलचित्र एरर अफ गड (ईओजी)को टिजर सार्वजनिक गरिएको छ ।
कलासी प्रोडक्सनको निर्माणमा बनेको यस चलचित्रको टिजर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
चलचित्रमा बिकाश जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, सरिता ढुंगानाको साथमा भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतिक दुलाल, अस्मिता खनाल लगायत रङ्गमञ्चका पचास भन्दा बढी कलाकारहरुको अभिनय छ ।
संगीत सापकोटाको लेखन र सगुन पोख्रेलले निर्माण रहेको चलचित्रमा आफ्नो सबै शक्ति गुमाएर पृथ्वीलोकमा साधारण मानवको रुपमा आएका भगवानहरुको कथालाई मनोरन्जनात्मक ढंगले प्रस्तुत गरिएको छ ।















प्रतिक्रिया