आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

विदेशी लिग खेल्ने पहिलो नेपाली महिला क्रिकेट खेलाडी बनिन् सीता

दैनिक नेपाल २०७८ मंसिर १८ गते १४:४१

काठमाडौं, १८ मंसिर । नेपाली महिला क्रिकेट टोलीकी सीता रानामगर विदेशी लिग खेल्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन् ।

सीताले हङकङमा आयोजना हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसनल २०२२ खेल्ने भएकी हुन् ।

फेयर ब्रेक इन्भिटेसनल प्रतियोगिता आगामी सन् २०२२ मे १ देखि १५ सम्म हुनेछ । ६ टोली सम्मिलित प्रतियोगितामा भारतकी हर्मप्रीत कौर, पाकिस्तानकि सना मिरको सहभागीता हुने छ ।

सीताले कुन टोलीबाट खेल्ने भन्ने फाइनल भएको छैन । सीताले सन् २००७ मा नेपाली टोलीबाट डेब्यु गरेकी थिइन् । सीताले पहिलो पटक विदेशी लिग खेल्न पाउँदा खुसी लागेको बताएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित