२ कार्तिक २०८३, सोमबार

रामहरिको राजकुमारी बनिन् मिस विश्व कस्मोपोलिटन प्रियारानी (भिडियोसहित)

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमडौं, १८ मंसिर । मिस विश्व कस्मोपोलिटन–२०१९ की विजेता तथा भिडियो जकी एवम् मोडल प्रियारानी लामा राजकुमारी बनेकी छिन् ।

रोनिश एण्ड ड्याड प्रोडक्शनले निर्माण गरेको भिडियो गीत ‘राजकुमारी’मा प्रियारानी राजकुमारीको भूमिकामा देखिएकी हुन् ।

गीतमा उनी मोडल रामहरि खड्काको राजकुमारीको रूपमा प्रस्तुत भएकी छिन् । राजकुमारी बोलको उक्त गीत राजधानीको क्युज हलमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । कार्यक्रममा निर्माण टीम र अतिथीहरूको उपस्थिति थियो ।

कार्यक्रममा मोडल प्रियारानीले हिमालको काखमा खिचिएको गीतमा प्राकृतिक अनुपमलाई मिसाइएको बताइन् । नेपाल पर्यटनका लागि सम्भावना बोकेको देश भएकाले गीतमा देखाइएको स्थानले पर्यटन प्रवद्र्धनलाई समेत टेवा पुग्ने उनको भनाइ छ ।

गीतलाई मनाङ तथा मुस्ताङलगायत ठाउँमा खिचिएको छ । यस्तै निर्देशक थापाले नेपाली भिडियोहरू गुणात्मक रूपमा बनाउन नसकिरहेको अवस्थामा राम्रो भिडियो बनाउने कोशिश गरेको बताएका छन् । गीतमा राजकुमार र राजकुमारी कल्पना गर्ने युवाहरूको प्रेमलाई रोमान्टिक रूपमा प्रस्तुत गरिएको छ ।

प्रियारानी र रामहरि फिचर भएको गीतमा संगीत भने निरज लामाको रहेको छ । गीतको कम्पोजर र स्वर पनि निरजकै छ । खगेन्द्र भट्टराइले गीतको शब्द रचना गरेका छन् । राजकुमारी गीतलाई रूपेश थापाले निर्देशन र छायाङ्कन गरेका हुन् भने सियोन श्रेष्ठले कोरियोग्राफी गरेका छन् ।