
पर्वत, १८ मंसिर । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ परादीमा आज शनिबार बिहान बस दुर्घटना हुँदा एक जना किशोरको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–२ का १८ वर्षीय विशाल लामिछाने छन् । वीरगञ्जबाट बागलुङतर्फ आउँदै गरेको ग २ ख ००९८ नम्बरको यात्रुबाहक बसले सडक मजदुर लिएर पातीचौरबाट दोबिल्ला आउँदै गरेको को १ च ६४२७ नम्बरको ट्याक्टरलाई बिहान ७ बजे ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा अन्य २३ जना घाइते भएको बताइएको छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पर्वत र गम्भीर घाइतेलाई पोखरा पठाइएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको छ ।















प्रतिक्रिया